देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सेजनमाको कार्यसमिति अध्यक्षमा ओली निर्वाचित

0

काठमाडौं – नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न सेजनको  २५ औं वार्षिक साधरणसभा तथा अधिवेशनबाट क्यापिटल नेपालका ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

आर्थिक पत्रकारहरुको छाता संगठन सेजनको साधारणसभाले उपाध्यक्षमा ग्यालेक्सी फोरके टेलिभिजनका विनय वञ्जरालाई निर्वाचित गरेको छ । यसैगरी सेजनको महासचिवमा गोरखापत्र दैनिकका विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन् । सचिवमा क्लिकमाण्डू डटकमका सोभित थपलिया  र कोषाध्यक्षमा अनलाईनखबरका अच्युत पुरी निर्वाचित भए ।

सेजन सदस्यहरूमा उकालो डटकमकी केशु लामिछाने, राससका हेमन्त जोशी, अन्नपूर्ण पोष्टकी ममता थापा, एनएनटीभीका छवि सापकोटा र बिजमाण्डू डटकमका वसन्तराज उप्रेती निर्वाचित भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार