देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सेनाका २७ सहायकरथी र ३ जना महासेनानीको सरुवा

0

काठमाडौं – नेपाली सेनाका २७ जना सहायकरथी र ३ जना महासेनानीको सरुवा भएको छ । बिहीबार भएको सरुवा सूची अनुसार सहायकरथी पदम बहादुर सिंहलाई सैनिक सचिवको जिम्मेवारी दिईएको छ ।

सिंह यसअघि अति बिशिष्ट ब्यक्ति सुरक्षा निर्देशनालयमा कार्यरत थिए । यस्तै नम्बर ४ बाहिनी अड्डामा कार्यरत सहायकरथी सुरेश कुमार बाँनियाको सैनिक संगठन निर्देशनालयमा सरुवा भएको छ ।

नम्बर २७ बाहिनी अड्डाका प्रेमध्वज अधिकारीको शान्ति सेना सञ्चालन निर्देशनालयमा सरुवा भएको छ ।

यसैबीच, रणनितिक तथा दीर्घकालिन योजना निर्देशनालयमा कार्यरत महासेनानी कृष्णबहादुर जिसीलाई नम्बर २५ बाहिनीको बाहिनीपति बनाएर पठाईएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार