देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सेभियाविरुद्धको जितपछि बार्सिलोना कोपा डेल रे को फाइनलमा

0

काठमाडौं – सेभियालाई दोस्रो लिगमा ३-० ले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले अतिरिक्त समयमा सेभियालाई ३-० ले पराजित गरेको हो । जहाँ सेभियाका दुई खेलाडीले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए भने बार्सिलोनाका गोलकिपर मार्क टेर स्टेगनले पेनाल्टी रोकेका थिए ।

खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा सेभियाले खेलमा फर्कने अवसर पाएको थियो । तर ७३औं मिनेटमा सेभियाका लुकास ओकाम्पसको पेनाल्टी प्रहार बार्सिलोनाका गोलरक्षक मार्क स्टेगनले बचाए ।

इन्जुरी टाइममको दोस्रो मिनेटमा फर्नान्डोले रातो (दोहोरो पहेँलो) कार्ड पाउँदै मैदान बाहिरिएपछि सेभिया १० खेलाडीमा समेटियो । त्यसैको फाइदा बार्सिलोनालाई भयो । इन्जुरी टाइमको चौथो मिनेटमा पिकेले गोल गरेपछि बार्सिलोनाले २-० को अग्रता बनायो र खेल समग्रमा २-२ को बराबरीमा पुग्यो ।

त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जहाँ ९५औं मिनेटमा मार्टिन ब्रेथवेइटले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए । अन्तत: त्यही गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार