देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सेभ द चिल्ड्रेनमा जागिर खुलेको अनलाइनमा झुटो विज्ञापन, सतर्क रहन आग्रह

0

काठमाडौं – गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले नेपालमा आफ्नो नाम र लोगो अनलाइनमा दुरुपयोग भइरहेको भन्दै सतर्क रहन अनुराेध गरेकाे छ ।

एक सूचना सार्वजनिक गर्दै उक्त संस्थाले नाम र लोगो अनधिकृत रूपमा प्रयोग गरी विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमहरूमा रोजगारी सम्बन्धी झुटा र भ्रमपूर्ण सूचना प्रकाशित भइरहेकाले सतर्क रहन अनुराेध गरेकाे हाे ।

रोजगारीका अवसर र खरिदबिक्री सम्बन्धी सूचना आफ्नो आधिकारिक वेबसाइट, विश्वसनीय रोजगारीसम्बन्धी वेब पोर्टल तथा राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूमा प्रकाशन गर्ने उक्त संस्थाकाे भनाइ छ ।

त्यस्तै कर्मचारी भर्ना प्रक्रिया अन्तर्गतका निवेदन, अन्तर्वार्ता जस्ता कर्मचारी छनोटका चरणमा सेभ द चिल्ड्रेनले कुनै पनि किसिमको शुल्क नलिने  जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार