देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सेयर हजारमा उत्साह, नेप्से इन्डेक्स १७ सय माथि

0

काठमाडौं – धितोपत्र बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ । बजार परिसूचक नेप्से २८ दशमलव ८९ अंकले उकालो लागेर १ हजार ७ सय ७ दशमलव ६७ बिन्दुमा पुगेको छ । यो पछिल्लो तीन वर्ष यताकै उच्च अंक हो ।

यसअघि २०७४ साउन २३ गते नेप्से १ हजार ६ सय ६७ बिन्दुमा पुगेको थियो । त्यसपछि घट्न थालेको नेप्से २०७५ फागुन ५ मा १ हजार १ सय ९ को न्यून बिन्दुमा झरेको थियो । सो बिन्दुबाट टेवा पाएर बढ्न लागेको नेप्से गत फागुन १८ मा पछिल्लो एक वर्षकै उच्च १ हजार ६ सय २० दशमलव २७ बिन्दुमा पुगेको थियो । केही सातायता भने नेप्से पछिल्लो उच्च बिन्दुलाई पार गर्दै लगातार उकालो लागिरहेको छ ।

बुधबार कारोबारमा आएका ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन साल्ट ट्रेडिङ कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने लक्ष्मी इक्युटी फण्डको इकाई मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । यस्तै, नागरिक लगानीको कोष र विशाल बजारको शेयरमूलय ९.९८ प्रतिशतले एनआईसी ग्रोथ फण्डको इकाई मूल्य ९.९० र सानिमा जनरल इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ । एक दशमलव ७२ प्रतिशतले उकालो लागेको नेप्सेमा आज ४ अर्ब ९ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका उपसमूह मध्ये ११ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने एउटा उपसमूहको सूचक मात्रै नकारात्मक देखिएको छ । यस दिन फाइनान्स समुहको सूचक बहेक सबै सकारात्मक देखिएका हुन् । व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमुहको सूचक ६.२१ प्रतिशत, अन्यको ४.१२, निर्जीवन बीमाको ४.०२ प्रतिशतले बढेको छ । नेप्सेमा आज कुल १ सय ९५ कम्पनीका ३६ हजार ८ सय ९३ कारोबारबाट एक करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार