देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सोमबारदेखि जोर बिजोर प्रणाली हट्ने, फागुन १ देखि बिद्यालय खुल्ने

0

काठमाडौँ – कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखी जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि लागू हुने गरि जोर बिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

अबदेखी निजी गाडी र ट्याक्सीमा लगाइएको जोर बिजोर प्रणाली सोमबार बिहानैदेखि हट्ने भएको हो । यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँले जोर बिजोर प्रणाली हटाएको पत्र जारी गर्ने तयारी गरेका छन् ।

त्यसैगरि आइतबार बसेको सीसीएमसीसीको बैठकले विश्वविद्यालय, विद्यालय ट्युसन सेन्टर फागुन १ गतेदेखि खोल्नकालागी सिफारिस गरेको छ ।

सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले विद्यालय खोल्ने हकमा दुई नियम लागू हुनेगरी सिफारिस भएको बताइन् । ‘विद्यालयको हकमा चाहिँ १२ वर्ष पुरा भएको बालबालिकाको नियमित कक्षा सञ्चालन गर्ने तर १२ वर्ष भन्दा कम उमेरका विद्यार्थीको हकमा चाहिँ आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सिफारिस भएको छ’, उनले बैठकपछि बताइन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार