देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सोमबार थप १७ सय ४१ जनामा कोरोना पुष्टि

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६४ पुरुष र ६ सय ७७ जना महिलामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय ९५ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ६ सय ७३ जना, भक्तपुरमा ७६ जना र ललितपुरमा १ सय ४६ कोरोाना थपिएका छन् ।

कास्कीमा १०१, नवलपरासी पूर्वमा ६० जना, काभ्रेमा ५९ जना, रुपन्देहीमा ५८ जना, झापामा ५० जना, अर्घाखाँचीमा ३३ जना संक्रमित भेटिएका छन् ।

यस्तै, सप्तरी र मकवानपरमा २९/२९ जना, तनहुँमा २५ जना, चितवनमा २४ जना, कपिलवस्तुमा २२ जना, बागलुङमा १७ जना, महोत्तरीमा १४ जना, मोरङमा १३ जना, धनुषा र बााकेमा १२र१२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार नुवाकोटमा ८ जना, दोलखामा ७ जना, गुल्मी र नवलपरासीमा ६/६ जना, बारा, सिन्धुली र दैलेखमा ५/५ जना, सर्लाही, रामेछाप, लमजुङ र प्युठानमा ४/४ जना, स्याङ्जा र दाङमा ३/३ जना, सिराहा, सिन्धुपाल्चोक र पर्वतमा २/२ जना, उदयपुर, ताप्लेजुङ, गोरखा, पाल्पा, जुम्ला, रुकुम पश्चिम, अछाम, कञ्चनपुर र दार्चुलामा १/१ जना संक्रमित भेटिएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार