देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सोमबार नेप्सेमा सामान्य गिरावट

0

काठमाडौं – सेयर कारोबार हुने साताको दोस्रो दिनपनि धितोपत्र बजार ओरालो लागेको छ । बजार परिसूचक नेप्से सोमबार एक दशमलव ७४ अंकले घटेर एक हजार ५ सय ७८ दशमलव १ बिन्दुमा पुगेको छ ।

नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ४५ करोड रुपैयाँले कमी आएको छ । हिजो १३ अंकले ओरालो लागेको नेप्सेमा २ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको भएको थियो ।

नेप्सेमा आज कारोबार भएका बैंकिङ, व्यापार, होटल, विकास बैंक र लघुवित्त बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लागेको छ । सोमबार शेयरमूल्य वृद्धि भएका शीर्ष दश कम्पनीहरुको सूचीमा आठ विकास बैंक रहेका छन्। यस दिन मुक्तिनाथ विकास बैंकको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ ।

मुक्तिनाथको शेयरमूल्य यस दिन ३३ रुपैयाा बढेर ३६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशत बढेको छ । यस दिन सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य यस दिन सर्वाधिक ६.०५ प्रतिशत घटेको छ।

विकास बैंकहरुको शेयरमूल्य बढेसागै यस उपसमूहको परिसूचक पनि उच्च दरमा बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक ३.८८ प्रतिशत बढेको छ । नेप्सेमा सोमबार कुल १ सय ८९ कम्पनीका ३१ हजार ८ सय ३७ कारोबारबाट ६८ लाख १५ हजार ७ सय १० कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब ९४ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार