देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सोमबार राति ओली र नेपाल पक्षका नेताबीच एक होटलमा चार घन्टा छलफल

0

काठमाडौं – सत्तारुढदल नेकपा एमालेका दोश्रो तहका नेताहरूबीच चार घन्टा लामो छलफल भएको छ। प्रधानमन्त्री एवं पार्टि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोश्रो तहका नेताहरूबीच सोमबार राति दरबारमार्गस्थित एक होटलमा चार घन्टा लामो छलफल भएको हो।

उक्त छलफलमा नेपाल-खनाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी थिए भने ओली पक्षका अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सहभागी थिए।

‘हामीले पार्टी एकतबारे लामो छलफल गरेका छौं। छलफलका लागि बन्द भएको ढोका खुलेको छ। अब हामी दुबै पक्षले आफ्ना नेताले यसबारे जानकारी गराउछौं,’ बैठकमा सहभागी एक नेताले भने । ति नेताका अनुसार छलफलमा विषयमा कुराकानी भएतापनि मुख्य चाहिं पार्टीलाई जेठ २ मा फर्काउने विषयमा छलफल केन्द्रित रहेको थियो ।

नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को संगठनात्मक संरचनामा फर्काउने अडान लिदै आएको छ। तर ओली भने त्यसका लागि तयार भएका छैनन्। ओलीले नेपाल पक्षका नेताहरूलाई पटक-पटक कारबाही गरिसकेका छन्।

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित नेताहरू मुकुन्द न्यौपाने, भीम रावललगायत १३ सांसदलाई पार्टीबाट निश्कासन गरिसकेका छन्। पार्टी नेता एवम् सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका १२ जनालाई ओलीले २४ घन्टे स्पष्टीकरण सोधेका छन्। कुनैपनि नेताले स्पष्टीकरणको जवाफ भने दिएका छैनन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार