देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सोमबार विदेशी मुद्राको विनिमय दर, कुन देशको कति

0

(काठमाडाैं) – पछिल्लो केही दिनयता नेपाली मुद्रा (नेरु) सँग अमेरिकी डलरको विनिमय दर निरन्तर उकालो लागिरहेको छ । अमेरिकी डलरको भाउ बढ्दा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी एक डलरको खरिददर १ सय २२ रुपैयाँ ३ पैसा, बिक्रीदर १ सय २२ रुपैयाँ ६३ पैसा तोकेको छ । युरो मुद्रा १ को खरिददर १ सय ३१ रुपैयाँ ९० पैसा तथा बिक्रीदर १ सय ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ६१ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ७७ रुपैयाँ ७८ पैसा छ, भने बिक्रीदर ७८ रुपैयाँ १६ पैसा रहेको छ ।

साउदी अरबियन रियाल १ को खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३३ रुपैयाँ ५१ पैसार बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा तोकिएको छ । यूएई दिहम १ को खरिददर मूल्य ३३ रुपैयाँ २२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

मलेसियन १ रिङगिटको खरिद मूल्य २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १३ पैसा रहेको छ । कुवेती डिनार एकको खरिददर ३ सय ९१ दशमलव १२ पैसा र बिक्री दर ३९३ दशमलव ४ पैसा तोकेको छ । दक्षिण कोरियाली वान १ सयको खरिददर ९ रुपैयाँ ८९ पैसा बिक्रीदर ९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

जापानीज यन १० को खरिददर मूल्य ११ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११ रुपैयाँ ४० पैसा तोकिएको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार