देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सोलुखुम्बु–काठमाण्डौ सडक सञ्चालनमा, माग पूरा नभएसम्म आन्दोलन जारी रहने !

0

मध्यविन्दु/सोलुखुम्बु– सोलुखुम्बु–काठमाण्डौ अबरुद्ध सडक सञ्चालनमा ल्याइएको छ । आन्दोलनका कारण तिन दिनदेखि अवरुद्ध बनेको सोलुखुम्बु–काठमाण्डौ सडक खण्डमा सोमबारदेखि सवारीसाधन सञ्चालन भएका हुन् ।
तिङ्गलाबासीले ग्रामीण विद्युतीकरणको माग गर्दै गरेको आन्दोलनका कारण शनिबारदेखि यातायात ठप्प थियो । जसका कारण सोलुखुम्बुबाट काठमाडौँ आउने र जिल्ला भित्रिने सवारी रोकिएका थिए ।
हाइड्रो प्रभावित क्षेत्र तिङ्गलामा विद्युत विस्तार नभइ पत्तालेबाट केन्द्रीय प्रशारण लाइनमा जोडेको भन्दै त्यस क्षेत्रका स्थानीय शनिबारदेखि आन्दोलनरत छन् ।
गएको शनिबार प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरविर’ सहित अन्य जनप्रतिनिधि तथा सांसदहरुले केन्द्रीय विद्युत प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर तिङ्गलाबासीले प्रभावित क्षेत्र तिङ्गलामा विद्युत विस्तार नगरि पत्तालेबाट विद्युत उद्घाटन गर्न लागेको भन्दै कार्यक्रम बहिष्कार गर्दै आन्दोलन थालेका हुन् । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार