देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन भूमिका खेलेको छ – मन्त्री चौधरी

0

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन ठुलो भूमिका खेलेको बताएकी छिन् ।  

रोज ब्युटी एकेडेमी र बिलक्षणल क्रियशनले आयोजना गरेको ‘यचु ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’ सिजन ६ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । 

सौन्दर्य क्षेत्रले विशेषगरी महिलाहरूलाई रोजगारमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले अहिले हरेक क्षेत्रमा सौन्दर्य अनिवार्य आवश्यकता जस्तै भइसकेको बताइन् । ‘सौन्दर्य क्षेत्रले रोजगारी सिर्जनामा ठुलो योगदान दिएको छ । यो क्षेत्रले पछिल्लो क्षेत्र उद्योगको रूप लिँदै गएको छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘सौन्दर्य एउटा कला पनि हो । हामी सबैले यसको सम्मान गर्नुपर्छ । अहिलेको समयअनुसार सौन्दर्य क्षेत्र सबै क्षेत्रमा हुन आवश्यक छ ।’

पछिल्लो समय सौन्दर्य व्यवसायको माग बढ्दै पनि गएको भन्दै उनले यसले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । ट्यालेन्ट प्रतियोगिताहरूले सौन्दर्य सम्बन्धी क्षेत्रमा लागेका सौन्दर्य व्यवसायीलाई थप उत्प्रेरित गर्दै आएको भन्दै उहाँले महिलालाई सीप सिकेर आत्मनिर्भर बनाउन सबैले जोड दिनुपर्ने बताइन् । 

सबै महिलालाई आर्थिक रूपमा सबल बनाउन जीवन उपयोगी तालिम दिएर रोजगारी तथा आत्मनिर्भरताको बाटोमा जोड्नुपर्ने मन्त्री चौधरीको भनाई थियो । 

रोज ब्युटी एकेडेमीका अध्यक्ष सोनिका रञ्जितको अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा सौन्दर्य क्षेत्रमा कार्यरत सौन्दर्यकर्मीहरूले सहभागिता जनाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार