देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्काउटको जग्गा लिजमा लिएर भाडामा दिएको कांग्रेस सांसद खड्काद्वारा स्वीकार

0

काठमाडौं – नेपाली काँग्रेस सांसद दीपक खड्काले स्काउटको जग्गा लिजमा लिएर भाडामा लगाएको स्वीकार गरेका छन्।

शुक्रवार पत्रकार सम्मेलन गर्दै उनले स्काउटको जग्गा लिजमा लिएर व्यापारिक प्रयोजनका लागि अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएको स्वीकार गरेका हुन्।

पत्रकार सम्मेलन गर्दै खड्काले स्काउटको भुक्तानी हिसाब गरेर तिर्न आफू तयार रहेको बताए।

सांसद खड्काले १५ वर्षअघि स्काउटले सटर बनाउन लिएको ऋण तिर्न नसक्दा आफूले जग्गा लिजमा लिएर सहयोग गरेको दाबी गरे। राज्यले समय अवधि हुँदाहुँदै पनि व्यवसायीहरूलाई गरिखाने वातावरण समेत नदिएको आरोप उनको आरोप छ।

‘जग्गा भाडामा लिएको १२ वर्षसम्म कुनै समस्या नभएको ठाउँमा एमालेको सरकार हुँदा स्काउटको कार्यकारी भूमिकामा लोकबहादुर भण्डारी आएपछि समस्या भएको छ’, सांसद खड्काले भने।

उनले राती १० बजे विवाहको पार्टी चलिरहेको अवस्थामा राज्यले व्यवसायीहरूलाई आतङ्कित बनाउने गरी सिल गर्नु गैर जिम्मेवार भएको तर्क गरे। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार