देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्कुल खोलेको भन्दै ११ जना प्रिन्सिपल पक्राउ

0

सप्तरी – सप्तरीमा सरकारी अनुगमन टोलीले ११ जना निजी विद्यालयका प्रिन्सिपल पक्राउ गरेको छ। सोमबार प्रमुख जिल्ला अधिकारी, राजविराज नगरपालिकाका मेयर, प्रहरी उपरीक्षकसहितको अनुगमन टोलीले ११ जनालाई पक्राउ गरेको हो ।

सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार कोरोना भाइरसको महामारीको बेला सरकारको निर्णय अवज्ञा गरी स्कुल सञ्चालन गरेको पाइएपछि टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजेशकुमार यादव, वैधनाथकुमार झा, बुलंद साह, शैलेन्द्रकुमार ठाकुर, हरिकिसुन राम, नरेन्द्रप्रसाद देव, उमाकान्त साह, रिमा झा, डा. कामन्त देव, मनोज यादव र नरेश साह छन्।

उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार