देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

0

काठमाडौं – काठमाडौँको मख्खनमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँ रहेका छन् ।

स्क्वायर बचत तथा ऋण सहकारीका सञ्चालकहरूले ७ करोड ४० लाख ८७ हजार रकम अपचलन गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए ।

पक्राउ परेका ६६ वर्षीय बाशु देवमान जोशी कुलेश्वरका स्थानीय हुन् । ६७ वर्षीय सेलालिक काठमाडौँ–२५ केलटोल र सदस्य ५८ वर्षका धर्मरत्न पाछेँ नरदेवीका हुन् ।

आरोपीहरूले बचतकर्ताका सावाँ र ब्याज फिर्ता गर्नुको साटो सहकारी नै बन्द गरेको आरोप लागेको छ । 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार