देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेलम्चि आसपासमा स्टक माल नसकिंदासम्म नदिजन्य पदार्थ उत्खनन गर्न रोक

0

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका तीन नदिबाट नदिजन्य पदार्थ उत्खनन गर्न तत्कालकालागी रोक लगाइएको छ । मेलम्ची नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै मेलम्ची, सिन्धुखोला र इन्द्रावती नदिमा थुपारिएको कच्चा पदार्थ नसकिंदा सम्म नदिजन्य पदार्थ उत्खनन गर्न बन्द गराएको हो ।

जारी सुचना अनुसार भोलि (वैशाख २५ गते) विशान ६ बजेबाट नदिजन्य पदार्थ उत्खनन गर्न पाइने छैन । नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित क्रसर उद्योगहरुको अनुगमन गरि तत्काल सबै क्रसरहरुमा कच्चा पदार्थ मौज्दात रहेकाले नदिजन्य पदार्थ निकाल्न रोक लगाएको हो ।  क्रसरहरुले क्षमता अनुसारको कच्चा पदार्थ थुपारिसकेकोले क्रसरहरु भने यथावत रुपमा संचालन हुनेछन् ।

क्रसर उद्योगहरुबाट आर्थिक वर्ष २०७७, ७८ मा उत्खनन गरिएको पदार्थ मौज्जात परिमाण एकिन गरिएको र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन बमोजिम उत्खनन भइसकेकाले रोक लगाइएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाले यी तीन नदि क्षेत्रमा मेसिनरी औजरको प्रयोग नगर्न अपिल गरेको छ । नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका नदिबाट कच्च पदार्थ निकाल्ने सबै १० वटा क्रसर उद्योगलाई जानकारीसमेत गराइसकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार