देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्टार सिटी र मनकामना युवा क्लब सेमिफाईनलमा

0

(धनगढी) – भीडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा बिहीबार भएका दुई खेलमा स्टार सिटी क्लब र आयोजक मनकनमना युवा क्लब ए विजयी भएका छन् ।

धनगढी उपमहानगरपालिका १२ जुगेडामा भएको प्रतियोगिताको पुरुष तर्फको खेलमा स्टार सिटी क्लब र आयोजक मनकनमना युवा क्लब ए विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेका हुन् । आजको पहिलो खेलमा स्टार सिटीले आयोजक मनकनमना युवा क्लब बी लाई ५–० ले हरायो ।

स्टार सिटीको जितमा कलम देउवा र कुवेर सिंहले दुई दुई तथा रोशन खत्रीले एक गोल गरे । बिहीबारको दोस्रो खेलमा आयोजक मनकामना युवा क्लब ए लमदरल्याण्ड युवा क्लबलाई ३–० ले हरायो । मनकामनाका लागि कृजल खड्काले दुई तथा सुरेश खत्रीले एक गोल गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रबार पुरुष तर्फका खेल हुने छैनन् । पहिलो खेलमा मनकामना युवा क्लब र न्यू उपदेश युवा क्लब, दोस्रो खेलमा कालिका युथ क्लब र गौरीगंगा क्लब तथा तेस्रो खेलमा सुर्मादेखि क्लब र मसुरिया युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

२० गतेसम्म्म सञ्चालन हुने भिडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फ १६ र महिला तर्फ ७ टीमले सहभागीता जनाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार