देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्थानिय चुनाव, वैशाख ९ मा उम्मेदवारी दर्ता, २८ गते सम्म प्रचार-प्रसार

0

काठमाडौं – निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिकालाई अन्तिम रुप दिएको छ । प्रकाशन गर्ने तयारी गरि अन्तिम रुप दिइएको निर्वाचन कार्यतालिका अनुसार वैशाख ९ गते उम्मेदवारी दर्ता हुनेछ ।

उम्मेदवारको नाममाथि दावि विरोध लगायतका आवश्यक प्रक्रिया पुरा गरी वैशाख १५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको निर्वाचन आयोग स्रोतले बताएको छ ।

प्रस्तावित कार्यतालिका अनुसार उम्मेदवारहरुले चुनावी प्रचारका लागि वैशाख २८ गतेसम्मको मात्र समय पाउनेछन् । चुनाव हुनुभन्दा ७२ घण्टा अघिदेखि चुनावी प्रचार गर्न नपाउने निर्वाचन आचारसंहितामा व्यवस्था रहने प्रावधान छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार