देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्थानिय निर्वाचन – चैत २५ पछि आचारसंहिता, उम्मेदवारलाई कडाइ,

0

काडमाडौं – निर्वाचन आयोगले आगामी चैत २५ गतेबाट निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। सो बिषयमा छलफल गर्नकालागि  चैत २२ मा आयोगले राजनीतिक दलको बैठक बोलाएको छ।

‘हाम्रो दल आचारसंहिता कार्यान्वय गर्न प्रतिबद्ध छौं’, लेखिएको नेपाली कागजमा लिखित प्रतिबद्धता लिन दलहरूको बैठक डाकिएको एक कर्मचारीले बताए।

दलहरूसँगको बैठकभन्दा पहिला चैत २० केन्द्रीय निर्वाचन अचारसंहिता समितिको बैठक बस्ने छ।

यसअघि चैत १६ वाट अचारसंहिता लागू गर्ने भनिएतापनि तयारी नपुगेकाले १० दिन पर सारिएको हो। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा ७९ दलले भाग लिएका छन्।

निर्वाचन आयोगले स्थानीय निर्वाचनको उम्मेदवारीमा कडाइ गरेको छ। उसले बुधबार १९ बुँदे स्वघोषणाको व्यवस्था गरेको हो। जसमा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्नेलगायत छन्।

विदेशको स्थायी आवासीय अनुमतिपत्र (डीभी, पीआर) नलिएको स्वघोषणा गर्नुपर्ने भएको छ। ‘आयोगले नेपालको संविधान तथा निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्थासमेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुनबमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने’, आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ,।

No description available.

No description available.

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार