देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्थानीय तहका जनप्रतिनिधिले कति पाउँछन् सेवा सुविधा ?

0

काठमाडौं – नेपालको संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ।

सातवटै प्रदेश सभाले निर्माण गरेको कानुनमा जनप्रतिनिधिको प्रमुखको सेवासुविधा ३० हजारदेखि ४२ हजार रुपैयाँसम्म हुने व्यवस्था छ।

महानगरपालिकामा प्रमुखको मासिक सुविधा ४२ हजार, उपप्रमुख ३७ हजार, वडाध्यक्ष २५ हजार, कार्यपालिका सदस्यको आठ हजार र सभाका सदस्यको सात हजार रुपियाँ सुविधा तोकिएको छ।

त्यस्तै, सञ्चार सुविधामा प्रमुखको मासिक तीन हजार, उपप्रमुखको एक हजार पाँच सय र वडाध्यक्षको एक हजार रुपैयाँ तोकिएको छ। दैनिक भ्रमण भत्तामा प्रमुखको दुई हजार पाँच सय र उपप्रमुखको दुई हजार र अन्य पदाधिकारीको भने नगरपालिका र उपमहानगरपालिका जनप्रतिधिको समान रहेको छ।

त्यस्तै गाउँपालिका अध्यक्षको  पारिश्रमिक ३० हजार, उपाध्यक्षको २५ हजार, वडाध्यक्षको २० हजार मासिक सुविधा रहने व्यवस्था छ। यसका अलबा नगरपालिकाको प्रमुखको ३५ हजार, उपप्रमुख ३० हजार, वडाध्यक्षको २१ हजार रहेको छ।

जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेको मितिदेखि सेवासुविधा लागू हुने गर्दछ । उपमहानगरपालिकामा नगरप्रमुखको मासिक सुविधा ४० हजार, उपप्रमुखको ३५ हजार, वडाध्यक्ष २२ हजार रहेकाे छ।

यस्तै कार्यपालिका सदस्य सात हजार पाँच सय र सभाका सदस्यको छ हजार पाँच सय, सञ्चार सुविधामा प्रमुखलाई दुई हजार पाँच सय, उपप्रमुखलाई एक हजार पाँच सय, वडाध्यक्षलाई एक हजार रुपियाँ रहेको छ। अन्य सुविधा भने गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधि र महानगरपालिका जनप्रतिनिधिको समान छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार