देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्थानीय तहका थप २३२ कर्मचारीको सरुवा (सूचीसहित)

0

काठमाडौं – ​सरकारले स्थानीय तहमा कार्यरत थप दुई सय ३२ जना कर्मचारीको सरुवा गरेको छ ।

१५ दिन अघि मात्रै १ हजार ६१३ जना कर्मचारीको अन्तर स्थानीय तहमा सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप दुई सय ३२ कर्मचारीको सरुवा गरेको हो ।

लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका र अन्तर स्थानीय तह कामकाजमा खटाउन मन्त्रालय र इमेलमार्फत मंगलबारसम्म निवेदन दिएका कर्मचारीलाई अन्तर स्थानीय तहमा कामकाजमा खटाइएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।

कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै अनावश्यक भिडभाडलाई कम गर्न मन्त्रालयबाट कामकाजमा खटाइएको पत्र भौतिक रुपमा उपलब्ध नगराइने र मन्त्रालयको वेवसाईट मार्फत सार्वजनिक गरिने उनले बताए ।

गत वैशाख २० गतेअघि मन्त्रालयले अनलाइन प्रणालीबाट सरुवाका लागि आवेदन माग गरेको थियो ।

हेर्नुहोस् सूची –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार