देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्थानीय तहको निर्वाचनबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – स्थानीय तहको चुनाव कहिले गर्ने भन्ने विषयमा छलफल गर्न आज (शनिबार) सत्ता गठबन्धनको बैठक बस्ने भएको छ।

बैठक अहिले बिहान ९ बजे प्रधनमन्त्री सरकारी निवास (बालुवाटार) मा बस्ने तयारी छ। बैठकमा स्थानीय तहसँगै प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । यस्तै राष्ट्रिय सभा निर्वाचनका विषयमासमेत समीक्षा हुनेछ ।

यसअघि पाँच दलीय गठबन्धनले वैशाख वा असारलाई आधार मानेर त्यसको ६ महिनाभित्र चुनाव गर्ने लगभग सहमति जनाइसकेका छन्।

निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  हिजो (शुक्रबार) प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहको चुनावलाई लिएर गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताइसकेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार