देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्थानीय तह निर्वाचनका लागि दल दर्ता खुला

0

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आोगले बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता खुल्ला गरेको छ ।

बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।अहिलेसम्म आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् ।दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।

दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइ खुलाउनुपर्ने आयोजले जनाएको छ ।

साथै यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्हको सट्ट अर्को निर्वाचन चिन्ह लिन चाहने दलले आफूले प्राप्त गर्न चाहनेको तीन वटा निर्वाचन चिन्ह प्राथमिकता क्रम अनुसार उल्लेख गर्नुपर्नेछ ।

यसैगरी स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेको जिल्ला पनि दल दर्ता गर्दा खुलाउनुपर्ने आयोगले जनाएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार