देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्थानीय तह निर्वाचन – १ लाख ३७ हजार ४३ जना उम्मेदवार

0

काठमाडौं – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ३७ हजार ४३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार २७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ९ जनाको उम्मेदवारी परेको छ ।

यस्तै अध्यक्ष पदमा ३ हजार २६४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार २९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यता, वडा अध्यक्ष पदमा मात्र ३२ हजार २१७ जनाको उम्मेदवारी परेको छ ।

महिला सदस्यमा २३ हजार ५२१, दलित सदस्यमा २१ हजार २२१ र सदस्य पदमा सर्वाधिक ४९ हजार २३९ जनाको उम्मेदवारी परेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार