देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्थानीय तह निर्वाचन – ३५३ निर्विरोध निर्वाचित, १७० सदस्यमा उम्मेदवारी नै परेन

0

काठमाडौँ – स्थानीय तह निर्वाचनमा ३ सय जना ५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । १ सय ७० पदमा भने उम्मेदवारी नपरेको निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी सार्वजनिक गरेको हो ।

निर्विरोध निर्वाचित हुने विभिन्न पद रहेपनि उम्मेदवारी नै नपर्ने भने सबै दलित महिला वडा सदस्यका रहेको आयोगको भनाइ छ ।

‘सात सय ५३ वटा स्थानीय तहमा ६ हजार ७४३ दलित महिला सदस्य पदका लागि हुने निर्वाचनका लागि १ सय ७० दलित महिला सदस्य पदमा मनोनयन दर्ता भएको छैन,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार