देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्थानीय निर्वाचनका लागि १० राजनीतिक दल दर्ता

0

काठमाडौं – आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा सहभागी हुन दश वटा राजनीतिक दलले नाम दर्ता गराएका छन् ।फागुन ५ गतेदेखि हालसम्म दश वटा राजनीतिक दलले निर्वाचनमा सहभागी हुन आयोगमा दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार जनमत पार्टी, मंगोल नेशनल अर्गानाईजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशित पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टीले आयोगमा दल दर्ता गराएका हुन् ।

नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफला ४ र ५ बमोजिम नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी गरी तीन वटा नयाँ राजनीतिक  दल आयोगमा दर्ता भएका छन् ।

आयोगले दिएको जानकारी अनुसार यो सँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलको सङ्ख्या १०९ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार