देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि

0

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायले यसअघि स्थगित भएको स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ ।

त्रिवि वयवस्थापन संकायको परीक्षा नियन्त्रण महाशाखाले शुक्रबार एक सूचना जारी गरी यसअघि स्थगित भएका स्नाकोत्तर तहको परीक्षा सञ्चालन हुने जानकारी दिएको हो ।

महाशाखाले जारी गरेको सूचनामा स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि र स्नातक प्रथम, दोस्रो, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने उल्लेख छ ।

नयाँ परीक्षा तालिका भने सार्वजनिक गरिएको छैन । सरकारले भदौ १ देखि लामो दूरीको यातायात समेत सञ्चालन गर्ने निर्णय गरेकाले परीक्षा सञ्चालन गर्न लागिएको सहायक डीन प्रा.डा. ध्रुवकुमार गौतमले जानकारी दिए ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार