देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निरुता श्रेष्ठ बनिन् ‘स्पिन्ज एक्टिभ गर्ल २०२०’

0

(काठमाडौं) – यो वर्षको ‘स्पिन्ज एक्टिभ गर्ल २०२०’ को उपाधी टेक्सास ईन्टरनेशनल कलेजकी निरुता श्रेष्ठ घोषणा भएकी छिन् । मंगलबार ऐतिहासिक पाटन दरबार स्क्वायरमा सम्पन्न भएको फाइनलमा श्रेष्ठले यो उपाधी हात पारेकी हुन् । यस्तै, हिमालयन ह्वाइट हाउस कलेजकी प्रियंका मण्डलले द्धितीय स्थान तथा शुभश्री कलेजकी कोमल ढकालले तृतीय स्थान हासिल गरिन् ।

प्रतियोगितामा काठमाडौंका विभिन्न १६ वटा कलेजहरुबाट सहभागी १० हजार छात्राहरुबीच प्रतिष्पर्धा गराइएको थियो । प्रत्येक कलेजबाट चयन गरिएका एक एक जना विजेतामध्येबाट मंगलबार अन्तिम प्रतिष्पर्धा गराइएको हो । उपाधि विजेताहरुलाई पूर्व मिस नेपाल वल्र्ड सदिक्षा श्रेष्ठले पुरस्कार प्रदान गरिन् ।

पुरस्कार वितरण कार्यक्रममा एशियन गेम्स २०१९ का विजेता महिलाहरुलाई पनि पुरष्कृत पनि गरिएको थियो । कार्यक्रममा उसु तर्फकी खेलाडी निमा घर्ति मगर, तेक्वान्दोतर्फकी संगीता बस्याल, जुडोकी पुनम श्रेष्ठ, कराँतेकी अनु अधिकारी र भारोत्तोलनकी सञ्जु चौधरीलाई सम्मानित गरिएको थियो ।

उक्त समारोहमा आयोजक केभिनकेयरको तर्फबाट नेपालका कन्ट्रि मैनेजर  अमित गुप्तासहित दयाल ट्रेडिङ्ग कम्पनीका निर्देशक  राजिव शाह, इन्टरनेशनल बिजनेसका सिनियर ब्राण्ड मैनेजर शसाँक मुतालिक र डिजिटल मार्केटिङ्गका असिस्टेन्ट मैनेजर  जननी अइयरको समेत उपस्थिति रहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार