देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्पुतनिक फाइभ खोप भारतमा पनि उत्पादन हुने

0

काठमाडौं – कोरोना भाइरस विरुद्धको स्पुतनिक फाइभ खोप भारतमा पनि उत्पादन हुने भएको छ । रुसले विकास गरेको स्पुतनिक फाइभ ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ ।

स्पुतनिक फाइभको ३० करोड मात्रा भारतमा उत्पादन गर्ने बारे रुस र भारतका अधिकारीबीच शुक्रबार सम्झौता भएको हो ।

नयाँदिल्लीस्थित रुसी दूतावासका अनुसार भारतमा पनि स्पुतनिक फाइभ उत्पादनको सफल परिक्षण भइसकेकोले आगामी वर्षको सुरुवात बाटै खोप उत्पादन थाल्ने सम्झौता भएको हो ।

विश्व बजारमै सबैभन्दा बढी खोप निर्माताको रुपमा परिचित भारतसँग खोप निर्माणका लागि सहकार्य गर्न लागेको रुसले उल्लेख गरेको छ । छिट्टै खोपको विश्वव्यापी वितरण समेत गरिने रुसले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार