देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्पेनिस ला लिगामा रियल म्याड्रिड र एटलेटिको विजयी

0

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड र एटलेटिको म्याड्रिडले आआफ्ना खेल जितेका छन् । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियामाथि १-० को जित हासिल गरेको हो ।

रियलको जितमा सेभियाका यासिन बोउनोउले खेलको ५५औ मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यस्तै अर्को खेलमा एटलेटिको म्याड्रिडले रियल भल्लाडोलिडलाई २–० गोल अन्तरले पराजित गरेको छ । एटलेटिकोको जितमा थोमास लेमार र मार्कोस लिओरेन्टेले एक एक गोल गरेका थिए ।

यो जितपछि एटलेटिको ला लिगाको शीर्ष स्थानमा रहेको छ । एटलेटिकोको १० खेलमा २६ अंक रहेको छ । त्यस्तै रियल म्याड्रिडको यो जितपछि ११ खेलमा २० अंक भएको छ भने लिगको तेस्रो स्थानमा रहेको छ । त्यस्तै सेभियाको १० खेलपछि १६ अंक रहेको छ भने लिगको छैठौ स्थानमा रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार