देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्याङ्जाका कोइरालाले बनाए बाँदर भगाउने यन्त्र

0

(स्याङ्जा) –  भीरकोटका ४४ वर्षीय भवी कोइरालाले घरेलु सामाग्री प्रयोग गरी बाँदर भगाउने यन्त्र निर्माण बनाएका छन् । उनले यस यन्त्रलाई ‘मंकी एअर गन’ भनी नामाकरण गरेका छन् ।

यो यन्त्रमा कोइरालाले प्लाष्टिकको पाइपसहित कार्वोहाइडको प्रयोग गरेकााछन् जसका कारण हावामार्फत बाँदरलाई तर्साएर भगाउन सकिन्छ । यन्त्रले बाँदरको शरीरलाई केही असर नगर्ने र ठूलो आवाज निस्कने हुदाँ तर्सेर भाग्ने कोइराला बताउछन्।

भीरकोट नगरपालिका–७ खिलुङदेउराली निवासी यातायात व्यवसायी कोइरालाले आफ्नै ग्यारेजमा कार्बोहाइड्रेड प्रयोग गरी वेल्डिङको काम गरिरहेका बेला अचानक पड्किदा ठूलो आवाज आएपछि सो प्रक्रियालाई बाँदर धपाउनका लागि उपयोग गर्न सकिने सोच आएर यो यन्त्र बनाएको बताए ।

घरायशी सामाग्री पीभिसी प्लाष्टिकका पाइप फिटिङका सामाग्री (सर्केट, ढकनी) लगायतका सामाग्री जोडेर कार्बोहाइड र पानीको समिश्रण गरी ग्यास उत्पादन गर्ने र सोही ग्यासमा आगो बालेपछि आउने ठूलो आवाजले बाँदर धपाउने मेशिन बनाएका हुन् ।

कोइरालाले बनाएको मेसिन परीक्षणबाट सफलता मिलेको उपयोगकर्ता चुडामणी शर्माले जानकारी दिए। यसअघि ‘सधैं बाँदर गोठालो बसेको म अहिले भने यही बन्दुक पड्काउन थालेपनि बाँदर आउन निकै कम भएको छ,’ भीरकोट–७ बलमाटाका शर्माले भने–‘दुई महिनाअघि २ सय भन्दा बढी बाँदरका हुल यही आसपासमा देखिन्थे, ३/४ पटक पड्काएको त अहिले ५/७ वटा भन्दाबढी बाँदर देखिएका छैंनन्, हाम्रा लागि यो रामवाण नै बन्यो ।’

यसको प्रयोगपछिकिसानलाई दुख दिने गरेको बाँदर आतंक कम भएको भीरकोट नगरपालिका प्रमुख छायाँराम खनालले जानकारी दिए । बन्यजन्तु मार्न नपाईने, छोप्न पनि नपाईने, लखेट्दा टाढा नजाने फर्की–फर्की आउने गरेका बाँदर अहिले आफना पालिकामा निकै कम देखिएको प्रमुख खनालको भनाइ छ ।

अहिले अर्जुनचौपारी गाउँपालिकामा २० वटा, भीरकोटमा २५ वटा यन्त्र उपलब्ध गराएको र  वालिङ, पुतलीबजार नगरपालिकाले मङकी एअर गनको माग गरेको कोइरालाले जानकारी दिए । उनले अहिलेसम्म ५० वटा बन्दुक बनाएर किसानलाई उपलब्ध गराएको बताए ।
‘केरा पकाउनका  प्रयोग गरिने कार्वोहाइड्रेड १० ग्राममा १ सय मिलिलिटर पानीको प्रयोग गरी एक पटक पड्काउन र बाँदर लखेट्न सकिन्छ’ उनले भने–‘सबै सामाग्री किनेर बनाउदा पनि ३/४ हजारमा तयार पार्न सकिन्छ ।’

वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले बाँदर धपाउने मेसिन तयार पारेकोमा धन्यवाद दिँदै नगरपालिका भरी वितरण गरिएको जानकारी गराए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार