देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्याङ्जामा कोदालो हानेर किशोरको हत्या

0

स्याङ्जा – स्याङ्जामा एक व्यक्तिले १४ बर्षिय किशोरको हत्या गरेका छन् । सामान्य विवादकै एक व्यक्तिले कोदालो हानेर एक जनाको हत्या गरेका छन्। हरिनास गाउँपालिका–५ आग्रीडाँडाका ३६ वर्षीय रेशम रानाले स्थानीय १४ वर्षिय शेर बहादुर थापाको हत्या गरेका प्रहरीले जनाएको छ।

अधिकांश समय मादक पदार्थको नसामा रहने रानाले सामान्य भनाभनमै थापालाई कोदालोले प्रहार गर्दा थापाको घटना स्थलमै मृत्यु भएको हो। रानालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए।

घटनाको थप अनुसन्धानका लागी आवश्यक प्रकृया भइरहेको प्रहरीले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार