देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्वतन्त्र सांसद कलवार एमालेमा प्रवेश

0

काठमाडौं – मधेस प्रदेश सभा सदस्य शारदाशंकर कलवार नेकपा एमालेमा प्रवेश गरेका छन् । बारा क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका कलवार बिहीवार एमाले प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बाल्कोट पुगेका कलवारलाई पार्टी प्रवेश गराएका हुन् । कलवार प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित सांसद हुन् ।

२०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित कलवार यसपटक स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

गत मंसिरमा भएको आम निर्वाचनमा एमाले र जसपाबीच भएको चुनावी तालमेलमा उक्त चुनाव क्षेत्र एमालेको भागमा परेपछि कलवारले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार