देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्ववियु सभापतिको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी श्रेष्ठ पक्राउ

0

काठमाडौं – सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापतिले आफ्नो परीक्षा अरुलाई नै दिन लगाएको पाइएको छ। उनले आफ्नो नाममा सर्लाहीको हरिवन नगरपालिका १ घर भएका विष्णुकुमार श्रेष्ठलाई परिक्षा दिन लगाएका हुन् ।

स्ववियु सभापति प्रेमराज दाहालको नाममा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले आइतबार बरहथवास्थित शुभ जनता बहुमुखी क्याम्पस परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी श्रेष्ठलाई पक्राउ गरेपछि यो खबर बाहिर आएको हो।

दाहालको नाममा आइतबार ‘रिसर्च मेथड इन सोसियोलोजी’ विषयको परीक्षा दिइरहेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी कैलाश राईले जानकारी दिए।

दाहाल चतुर्भुजेश्वर क्याम्पसका स्नातक तहको मानविकी संकायका विद्यार्थी हुन्। गएको चैतमा भएको स्ववियु निर्वाचनमा उनी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिमा विजयी भएका थिए।

चतुर्भुजेश्वर क्याम्पसको स्नातक तहको परीक्षा बरहथवास्थित शुभ जनता बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार