देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि कुटपिट

0
<p>फाइल फोटो</p>

फाइल फोटो

बैतडी – बैतडीको सिगास गाउँपालिकामा स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। सिगास गाउँपालिका वडा नं ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नं ५ ढुंगाडमा स्वाब संकलनका लागि हिडेका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि सोमबार हातपात भएको हो।

त्यहाँस्थित भूमीराज आधारभूत विद्यालयमा वन उपभोकेता समुहको बैठक चलिरहेको बेल आफूले सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिएका छन्। उनले भने अनुसार विद्यालयमा बैठक चलिरहेको बेला ती व्यक्ति मदिरा सेवन गरेर सहभागी थिए।  यस्तो बेला भीडभाड नगर्नुस् भनेर सम्झाउँदा उनीमाथि हातपात भएको उनको भनाइ छ ।

सिगास गाउँपालिका वडा नं ५ मा मंगलबार स्वाब संकलन गर्ने हिसाबले हिडेका स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि स्वाब संकलन कार्य समेत रोकिएको ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदले बताए। समुदायका मानिसको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी गरिएको तर स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमाथि हातपात भएपछि समस्या भएको उनले बताए ।

स्थानीयले हातपात गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट रहेको बताइएको छ। स्थानीयले आफूमाथि हातपात गरेपछि आज बिहान आफूले गाँजरी प्रहरीचौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी भुपेन्द्र बोहराले बताए। उनले भने ‘यसरी मलाई काम गर्न निकै असहज भएको छ। अहिले निवेदन दिनका लागि प्रहरीचौकीमा आएको छु। अब सुरक्षाको ग्यारेण्टी पछि मात्रै कार्यक्षेत्रमा फर्किन्छु।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार