देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्वास्थ्यकर्मीलाई ५०% जोखिम भत्ता दिइने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सरकारले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने तयारी गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न स्वास्थ्य मन्त्रालयले जोखिम भत्ता दिने तयारी गरेको हो ।

यसअघि नै ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएकाले स्वास्थ्य मन्त्रालयले तीन महिनाका लागि आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयसँग माग गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले नयाँ निर्णय गर्नु नपर्ने स्वास्थ्यसचिव डा. रोशन पोखरेलले बताए ।

तेस्रो लहरको सुरुवातमै धेरै स्वास्थ्यकर्मी कोरोनाको चपेटामा परेका छन् । मुख्यगरी काठमाडौंका कोरोना संक्रमित भर्ना हुने शिक्षण अस्पताल, वीर, पाटन, प्रसूतिगृहलगायत अस्पतालमा ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका छन् । करारमा स्वास्थ्यकर्मी भर्ना नगरे सेवा रोकिने अवस्थामा पुग्न सक्ने चिकित्सकहरूको गुनासो छ ।

तर, अघिल्ला लहरमा संक्रमितको उपचारमा प्रत्यक्ष खटिएका सबै स्वास्थ्यकर्मीले घोषणा भएको जोखिम भत्तासमेत अझै पाएका छैनन् । उनीहरूमध्ये केहीको पहिलो लहरकै र धेरैको दोस्रो लहरमा खटिएको भत्ता नपाएको गुनासो छ ।

तेस्रो लहर सुरुको अढाई साताको अवधिमै पाँच सयभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार