देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्वास्थ्यमन्त्री यादवको स्विट्जरल्याण्डको भ्रमण स्थगित

0

काठमाडाैं – स्वास्थ्यमन्त्री प्रदीप यादवको स्विट्जरल्याण्डको जेनेभा जाने कार्यक्रम स्थगित भएको छ । बदलिदो राजनीतिक घटनाक्रमले उनको जेनेभा भ्रमण अन्तिम समयमा आएर रोकिएको हो ।

जेनेभामा आगामी २७ मे देखि १ जुनसम्म विश्व स्वास्थ्य संगठनको ७७ औँ महासभा हुँदैछ । त्यही सभामा नेपालबाट सहभागी हुने ४ सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री यादव आज राती एयरपोर्ट जाने र शनिवार बिहान २:१५  बजे मा कतार एयरको उडानबाट दोहा हुँदै जेनेभा जाने तालिका थियो ।

त्यसमा मन्त्री यादव सहित उनका विज्ञ सल्लाहकार अवधेशकुमार दास, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा संगिता कौशल मिश्रा र स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाका प्रमुख डा चुमनलाल दास थिए ।

टिकट देखि आवासीय सबै व्यवस्था मिलाइसके पछि आज अपरान्ह मन्त्री नजाने बताएका हुन् ।

डब्लुएचओले सभा सुरु भएको पहिलो दिन २७ तारिखमै नेपालको बोल्ने पालो राखेको थियो । जेनेभा जाने टोली सदस्यहरुले मन्त्री यादवले सभालाई सम्बोधन भाषण समेत तयार गरिदिइसकेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार