देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्वास्थ्य बिमा कार्यक्रम देशभर लागु

0

काठमाडौं – आइतबारबाट ७५३ वटै स्थानीय तह स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार स्वास्थ्य बिमा कार्यक्रम लागु हुन बाँकी रहेको बुढानीलकण्ठ नगरपालिकाका ज्येष्ठ नागरिकलाई बिमा प्रमाणपत्र हस्तान्तरण गर्दै सो नगरपालिकामा कार्यक्रम सेवा सुरु गरिएको हो।

गगन थापा स्वास्थ्यमन्त्री भएपछी लागु भएको बिमा कार्यक्रम आठ वर्ष अघि कैलालीबाट सुरु भएको थियो।  

बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाका अनुसार ७७ लाख ४१ हजार ४८३ जना अर्थात् कुल जनसङ्ख्याको २६.५४ प्रतिशत मात्रै स्वास्थ्य बिमामा आबद्ध छन्। यसमध्ये करिब २२ प्रतिशत सरकारले प्रिमियम तिरिदिने लक्षित वर्गहरू समावेश छन्। कुल बिमित परिवारको सङ्ख्या २३ लाख ९२ हजार ७६६ पुगेको छ। 

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले सरकारी निकायका कर्मचारीलाई समेत स्वास्थ्य बिमा अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिए। 

आगामी १ वैशाख देखि कार्यान्वयनमा आउने अनलाइन प्रणालीले व्यक्तिले अनलाइन सिस्टममा आफ्ना विवरण पेस गरी रकम तिरेपछि सदस्यता बन्न सक्ने डा.लोहनीले जानकारी दिए। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार