देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्वास्थ्य बीमा बोर्डको आचारसंहिता- मोबाइल र सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

0

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम प्रेषण सेवा सम्बन्धी कार्यविधि जारी गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले कार्यविधि स्वीकृत गर्दै लागू गर्ने निर्णय गरेको बोर्डले प्रेस विज्ञप्तिमार्फत जनाएको हो।

यस्तै बैठकले बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता समेत स्वीकृत गरेर लागू गर्ने निर्णय गरेको छ।

आचारसंहितामा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाइने, दाबी व्यवस्थापन शाखा र सूचना शाखाका कर्मचारीहरूले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल प्रयोग गर्न नपाइने भनिएको छ।

त्यस्तै, सामाजिक सञ्जालमा तीनै तहका सरकारको आलोचना गर्न, राजनीतिक टिप्पणी गर्न, अपराधमा दुरुत्साहन गर्ने तथा राष्ट्र हित विपरीतको कुनै टिप्पणी गर्न वा लाइक गर्न नहुने विषय समेत आचारसंहितामा समेटिएको छ।

यस्तै आचार संहिता पालन भए/नभएको अनुगमन नियमित रुपमा स्वास्थ्य बीमा बोर्डले गर्ने बताइएको छ।

हेर्नुहोस् आचारसंहिता:-

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार