देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्वास्थ्य मापदण्डको ठाडो उल्लंघन गर्दै मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना

0

काठमाडौं – कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको बेला मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन्।

सरकारकै स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको विवाह बिहीबार रौतहट निवासी रोमन साहसँग गरिदिएका हुन्। उक्त विवाहमा पाँच हजारभन्दा बढीलाई भोजसहितको विवाह मन्त्री साहले आयोजना गरेका थिए।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि गत माघ २ गते सूचना जारी गर्दै बैठक, सभा समारोहमा रोक लगाएपनि विवाहको स्वयंवरमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र र स्वयंवरपछिको भोजमा मुख्यमन्त्री लालबाबु राउत सहभागी भए ।

सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद यादव र भौतिक पूर्वधारमन्त्री रामसरोज यादव संघीय सरकारका पूर्वमन्त्री मातृका यादव र रामेश्वर राय यादवले प्रशासनले जारी गरेको सूचनाको बर्खिलाप गरे।

बिहीबार साँझ बर्दिबासस्थित एक पार्टी प्यासेलमा भएको उक्त वैवाहिक कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरू पनि नियम उल्लंघनको साक्षी बनेका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार