देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

“हद म्याद नाघेपछि भएको दावीलाई आयोगले स्वीकार्न मिल्दैन”

0

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई नै निर्वाचन आयोगले आधिकारिता दिने कानूनी आधार तयार भएकोे बताएका छन् ।

आयोगले कानूनी रुपमा नचिनेका माधव कुमार नेपालले हदम्याद सकेपछि गरेको दाबीको कुनै औचित्य नरहेकाले प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले नै आधिकारिक दलको मान्यता पाउने उनले स्पष्ट पारे ।

उनले भने, “राजनीतिक दल सम्बन्धी नियमावलीमा गरिएको व्यवस्था अनुसार नेकपाको अध्यक्षको रुपमा माधव कुमार नेपाललाई निर्वाचन आयोगले चिन्दैन । त्यसैले आयोगले नै नचिन्ने व्यक्तिले गरेको दावी कानून सम्मत छैन ।”

मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने, “हकदैयाबिहीन व्यक्तिले गरेको दल सम्बन्धी दाबीलाई आयोगले खारेज गर्छ ।”

राजनीतिक दल सम्बन्धी ऐनमा निर्वाचनको मिति घोषणा भएको मितिबाट १२० दिनभित्र दल सम्बन्धी कुनै पनि विवादको सुनुवाई निर्वाचन आयोगले नगर्ने व्यवस्था छ । मन्त्री गुरुङले २०७७ पुस १७ गतेपछि दल सम्बन्धी दर्ता भएका कुनै पनि दाबीहरुलाई निर्वाचन आयोगले आधिकारिता मानेर हेर्न नमिल्ने पनि बताए ।

कानून, बजेट, सुरक्षा र अन्य सबै तयारी अवस्थामा रहेको बताउँदै मन्त्री गुरुङले निर्वाचनको तयारीमा जुट्न पनि सबैलाई आह्वान गरे । मन्त्री गुरुङले दलहरुले निर्वाचनको तयारी गरिहेको दाबी समेत गरे । आन्दोलनको नाममा दलहरु निर्वाचनकै तयारीमा जुटेको उनको भनाई छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार