देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हर्क साम्पाङको अभियानमा रवि लामिछाने सहभागी हुने

0
<p>फोटो &#8211; सचिवालय</p>

फोटो – सचिवालय

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रास्वपाका सभापति तथा उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग भेट गरेका छन् ।

पछिल्लो समय साम्पाङले रास्वपाको निरन्तर आलोचना गर्दै आएका साम्पाङ र मन्त्री लामिछानेको आइतबार मन्त्रालयमा भएको भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण गरिनुपर्ने धारणा राख्दै सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधन पनि हुनुपर्ने माग राखेका थिए ।

यस्तै कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको भेटका क्रममा साम्पाङले गुनासो गरेका थिए ।

जवाफमा लामिछानेले लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा गम्भीर हुने बताउँदै माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

भेटघाटका क्रममा लामिछानेले प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिबद्धता समेत जनाएका थिए । 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार