देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हाईलेण्डर फारवेष्ट पशुपति कपको उपाधि स्टार सिटीलाई

0

(धनगढी) – हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उपाधि स्टार सिटी युवा क्लबले उचालेको छ । शनिबार भएको फाईनलमा सुदूरपश्चिम ११ लाई १–० ले पराजित गर्दै स्टार सिटीले उपाधिमाथि कब्जा गरेको हो ।

स्टार सिटीको जितका लागि विक्रम सिंहले गरेको निर्णायक बन्यो । उनले पहिलो हाफको ईन्जुरी समयको एक मिनेटमा गोल गरे । विजेता स्टार सिटीले पाँच लाख नगद सहित ट्रफी र मेडल प्राप्त गरे । उपविजेता बनेको सुदूरपश्चिम ११ ले २ लाख ५० हजारमा चित्त बुझायो ।

पाँचौ संस्करणको विजेता बनेको स्टार सिटीले प्रतियोगिताका विभिन्न विधामा समेत कब्जा जमाएको छ । स्टार सिटीका कुवेर सिंह प्रतियोगिताको उत्कृष्ट खेलाडी बने ।

उनले नगद २५ हजार प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक स्टार सिटीका कुमार शाही, उत्कृष्ट गोलरक्षक स्टार सिटीका प्रियम खड्का, उत्कृष्ट रक्षक स्टार सिटीका राकेश हमाल, सर्वाधिक गोलकर्ता स्टार सिटीका विक्रम सिंह भए । त्यस्तै उदयमान खेलाडी फारवेष्ट पशुपति युवा क्लबका रोहित सिंह भए ।

उनीहरुले जनही उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । विजयी खेलाडीहरुलाई एक समारोहका बीच नगद सिल्ड तथा पुरस्कार वितरण गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार