देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हाजिर जमानतमा छुटे सिरोहिया

0

काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिर जमानतमा छाडिएको छ ।

धनुषा प्रहरीले सिरोहियालाई हाजिर जमानतमा छाडेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार सिरोहियाको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिरासतमुक्त गरिएको हो ।

प्रहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने सर्तनामा गराएर रिहा भएको कागज दिएको छ। सिरोहियालाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था विद्यमान नरहेको भन्दै हाजिर जमानीमा छाडिएको प्रहरीको भनाइ छ।

८ जेठमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिएको थियो ।

मुटुसम्बन्धी समस्या भएका उनलाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार