देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हामिले छोडेको २० महिनामै प्रचण्ड धुलोपिठो भए – विप्लव

0

कपिलवस्तु – नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले गलत बाटो लिएकाले आफूहरुले उनीहरुको साथ छोडेको बताएका छन्। सोमबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलनलाई कपिलवस्तुको शिवगढीमा सम्बोधन गर्दै विप्लवले आफूहरुलाई पद नपाएकाले प्रचण्ड र भट्टराईको साथ छोडेको आरोप लगाइएतापनी वास्तवमा त्यस्तो नभएको बताए।

‘प्रचण्ड र बाबुराम कमरेडहरुले गलत बाटो लिनुभयो। मन्त्रि हामी हुन सक्दैन थियौं। प्रचण्ड र बाबुरामको हामीले आलोचना नगर्दा हामीलाई पद, सुखसुविधा नपाएकाले आलोचना गरेको भनेर आरोप लगाए। तर त्यो विल्कुल होइन’ उनले भने।

आफूहरुले साथ छोडेपछि प्रचण्ड ‘धुलोपिठो’ भएको भन्दै उनले भने ‘२० वर्ष प्रचण्डलाई कसैले हल्लाउन सक्दैन भन्थे नि, हामीले छाडेपछि प्रचण्ड धुलोपिठो हुन २० महिनै लागेन त। प्रचण्ड उभिएपछि देश हल्लिन्थ्यो त्यो कुरा साँचो हो नि, प्रचण्डले अपील गदौ लाखौं हाम्रा दिदीबहिनी सहिद हुन तयार थिए। हामी सबै तयार थियौं नि।’

‘सहिद परिवार छोड्ने, रगत दिने कमरेड छोड्ने, बेपत्ता हुने हाम्रा योद्धाहरुलाई बिर्सिने, किसान मजदुरका झुपडी छोड्ने अनि माधवजी नभएको भए त मकमान्डर लिएर हिँड्थे भन्ने। त्यो सिद्धिएको कुरा होइन?,’ उनको तर्क थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार