देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘हामीलाई भरतपुर नै चाहिन्छ भन्ने छैन’ – प्रचण्ड

0

काठमाडाैं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले भरतपुर महानगर नभई हुन्न नभनेको बताएका छन्।

मा‌ओवदी केन्द्रिय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले छ महानगरमध्ये माओवादीले कम्तिमा एक महानगर पाउनुपर्ने भन्दै काठमाडौं वा विराटनगर भए पनि हुने बताएका हुन् ।

उनले भने, ‘भरतपुर नभई भएन भनेको छैन। रेनु नभई भएन भन्ने अडान होइन,छ वटा महानगरमा एउटा माओवादीलाई पर्ला। काठमाडौं वा विराटनगर भए पनि हुन्छ।’

तर भरतपुरमा ०७४ मा रेनु दाहालले जितेकोले त्यहाँ सजिलो हुने कुरा मात्रै माओवादीले राख्ने गरेको उनले बताए। ‘जहाँ सजिलो हुन्छ त्यही लिने भनेको हो यसलाई अतिरञ्जित गरियो,’ उनले भने ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार