देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हामीले खाने कफी कति स्वस्थकर छ ?

0

मध्यविन्दु/काठमाडौँ- कफी पिउनाले स्वास्थ्यमा सकारात्मकका साथसाथै नकारात्मक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । २० हजार जनामा गरिएको उक्त अध्ययनले सही तरिकाबाट कफी पिउने मानिसहरू धेरै बाँच्छन् भनी उल्लेख गरेको छ । उक्त अध्ययन प्रतिवेदनमा कफीले टाइप टु डायबिटिज,‚ कलेजोसम्बधी रोग‚ कोलोरेक्टर क्यान्सर‚, अल्जाइमर र छालाको क्यान्सरको रोकथाममा पनि सहयोग गर्ने उल्लेख छ ।
तर, कफी कस्तो अवस्थामा पिउने भन्ने कुराको हेक्का राखेरमात्र पिउनुपर्छ । होइन भने यसले अनेक रोग निम्त्याउन सक्छ । यसमा कफिनको मात्रा बढी हुने भएकाले निद्रा नलाग्ने हुन्छ । यदि गर्भवती महिलाले अत्याधिक मात्रामा कफी पिएमा गर्भपतन हुन सक्ने‚, शिशु अपरिपक्व जन्मने लगायतका समस्या देखिने अध्ययनले देखाएको छ ।
बढी मात्रामा कफिन मिश्रित पदार्थ पिउनाले मुटूको धड्कन दर औसतको भन्दा बढी हुने अमेरिकन हार्ट एशोसियसनका प्रवक्ता भिन्स बफालिनोले बताए ।
‘हाइपर टेन्सन र अनियमित धड्कनको दर पनि कफिनका कारणले वृद्धि हुन्छ । यदि मानिस स्वस्थ छ भने दैनिक २ कपसम्म कफि पिउनु नराम्रो होइन तर यदि आफ्नो अवस्था प्रतिकूल छ भने कफिन पदार्थबाट बनाइएका कुनैपनि कुराको सेवन नगर्नु नै उचित हुन्छ‚’ डिक्याफिनेटेढ कफीमा पनि कफिन पदार्थ हुने भन्दै बफालिनोले भने‚ ‘यदि तपाईं दैनिक ३ कप डिक्याफिनेटेड कफी पिउनुहुन्छ भने मैले यसलाई पनि रोक्ने सल्लाह दिन्छु ।’
अत्याधिक कफी पिउनाले यसमा रहेको कफिन पदार्थका कारण पिशाबमा पाइने क्याल्सियमलाई घटाउन मद्दत गर्छ । ’पर्डि युनिभर्सिटीका न्युट्रिसन साइन्सका प्रोफेसर कोनी वेभरले जानकारी दिए ।

 

 

 

सिएनएन

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार