देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हाम्रो देश कृषि प्रधान देश ? – प्रेम भण्डारी

0

काठमाडौं – हाम्रो देश भन्नलाई मात्र कृषिप्रधान हो, खासमा यो बिचौलिया राजनीति प्रधान मुलुक हो । अनि यहाँहरु सबैलाई थाहा छ , राजनीति पनि यहाँको झेली र निर्लज्ज राजनीति हो । हामी कक्षा ६मा पढ् ैगर्दा नै कम्निष्ट , काँग्रेस , राप्रपा भइसका थियौं ।

हामीलाई राम्रोसँग आफ्नै मल सफा गर्न नआउँदै अरुलाई भए नभएको , सुनेको भरको नानाजातिका गाली गर्दै हिलो छ्याप्ने भैसकेको थियौं । के जानेर हामीले बहस गरेको होला कि कोसी र गण्ड्की अनि महाकाली कसकसले बेचे भन्दै । टनकपुर गिरिजाले बेच्यो भन्दा के जानेर हामीले हो रहेछ कि जस्तो गर्या होला । हामीलाई हात खुट्टनका नङ् काट्न सिकाइदैन थ्यो तर त्यही हातले झण्डा बोक्न बोकाउन सिकाउँथे ।

विद्यालयमा “धन भन्दा बिद्या ठूलो ” वा “कलम बलियो कि तरबार” जस्ता वादविवादको सट्टा कांग्रेस सही कि कम्निस्ट भन्ने मुद्दामा कैयांै पल्ट बहस गरियो गराइयो । अनि यो केवल एक जनाको इतिाहास हैन यो हाम्रो राष्ट्रिय चरित्र हो, इतिहास हो । हामी कृषकका छोराछोरी हौं कृषक नै हों , तर कुनै दिन विद्यालयमा वा समाजमा पनि कृषकलाई सम्मान दिएको देखिएन । हामी हाम्रो परिचयको लज्जाले खुम्ची खुम्ची हिंड्न परेकै हो ।

खासमा यस मुलुकमा अरु केही पनि गरिदैन राजनीति बाहेक । त्यही सिकाइन्छ ,त्यही पढ्न लगाइन्छ त्यसैगरी बाँच्न लगाइन्छ ।

बुबा आफनो कृषिमा पेशामा सन्तुष्ट हुनु भएको भए हामीलाई पढ्न पठाउनु हुन्न थ्यो होला । आज पनि गाउँ घरमा यो भनेको सुनिन्छ मैले त दुूख पाएँ पाएँ तर यो छोरालाई भने पढाएर जागिर खुवाउँछु यहाँ गाउँमा रख्दिन । हरेक पल्ट पढ्न मन नगरी खेल्न खोज्दा , फेल हलो ठेल भनी हाम्रै समाजले सिकाएको हो । फेल हुनेहरुले ठेल्ने हलो अनि किन सबै जनाको रहरको विषय हुन्थ्यो र ?? अनि हाम्रो देश कसरी कृषि प्रधान ??

असार करिब करिब सकिन लाग्यो करिब ३० प्रतिशत भन्दा रोपाइ सकिएको छैन , रासायनिक मल मन्त्रीको गोदाममा पुग्ने मौज्दातमा छ रे कृषकले पाउने बजारमा त छैन , अनि कसरी कृषि प्रधान हुन्छ ?

२०० बर्ष पछिको अग्रगामी बिकासको छलाङ् ल्याउने भिजन भएका गणतन्त्रका ठेकेदार नेताजिहरुले गाउँमा गाउँमा आधुनिक इभी दौडाउने सपना देखाउँदै आफ्ना एक्साभेटर लगाई बाटो चौडा गराउने बहानामा पुराना कुलो कुलेसो भत्काइहाले । नयाँ बनाएका छैनन । एक्साभेटरले भत्काउँदो मात्र रछ बनाउँदो रहेनछ । फेरि पनि हामी भन्छौं कृषि प्रधान ।
हामीले हेक्का राखेका छौं हामीले खाने चामल सबै चीन र भारत बाट आउँछ , अरु त अरु भुटेर खाने मकै अर्जेन्टिनादेखि आउँछ भन्दा उदेक लाग्छ , क्वाँटी गेडागुडी अस्ट्र्ेलीया देखि आउँछ , एकदिन भारत र चीनले प्याज रोकिदियो भने हामी सामाजिक सञ्जालमा प्याजको गहना बनाई कानमा लगाएको तस्बीर पोस्ट गर्र्छौ , भारतले गहाँको कोटा लर्गादिँदा हाम्रोमा चाउचाउ बनान मैदा पुगेन भन्दै समाचार आउँछ । फेरि भन्छौं कृषिप्रधान देश ।

केटाकेटीमा हामीले सुनका थियौ –ं असार श्रावण भनेको मानिस मर्यो भने पनि गुन्द«ीले छोपेर काम गर्नुपर्छ रे ,बर्ष दिन खाने कमाइ गर्नी बेला भनी । फेरि अहिले हामी नै असार १५ भन्दै याी राजनीतिक नटुवाहरुलाई खेतमा बोलाई हिलो छ्यापेर, विउसँग सेल्फी खिचेर , धान रोपेको जस्तो कहीं नभाको जात्रा हांडी गाउँमा जस्तो गछौं । हामी साँचै कुषिालाई माया गर्छों र कृषक हुनुमा लज्जाबोध गर्दैनौं भने रेमन्डको कालो सन ग्लास लगाई , इटालिएन बुट लगाई आइफोन १४ ले सेल्फी हान्ने नेतोलाई खेतमा बोलाएर नौटङ्की सेलेब्रेसन गरिरहँदा मन त पोल्छ है तर हामीलाई पोल्न छाडीसक्यो , हामी कसरी कृषिप्रधान ??

३० बर्ष अघि सम्म हाम्रो ग्रामीण अर्थतन्त्र आत्मनिर्भर थियो । हो सानो आकारको थियो र एडभान्स थिएन म मान्छु तर आत्मनिर्भर त थियो यो त । हामीले कसमेकम मान्नु पर्ने हुन्छ नि । सम्झनुस् नुन , मट्टितेल र कपडा बाहेक केही किन्नुपर्ने थिएन । यता उपत्यकामा त कपडा पनि आफै बनाउने शिल्पीहरु थिए ।

घर गोठ बनाउँदा केही पनि किन्नु पर्ने थिएन , यदि किने पनि काठ , ढ्ङ्गा आदि आफ्नै मुलुकभित्रको । जस्तापाता पनि पछि नै आएको हो । काठका सुन्दर सुन्दर घरहरु आज युरोपका विकसित शहरमा पनि छन् । यहाँ नहुने हैन होला त ?? हाम्रो यही बिचौलिया राजनीतिले हम्रो ग्रामीण अर्थतन्त्र ध्वस्त पार्यो । अनि कसरी हुन्छ हाम्रो मुलुक कृषि प्रधान ?

मैले जानीकन हाम्रो घरमा कहिलेपनि दुहुनो भैंसी नभएको हुदैन थियो । कहिलेकाहीं भैंसी व्याउने एक दुइ महिना मात्र बाँकी हुँदा – नयाँ ल्याउन पनि गाह्रो दुहुनोबिना बस्न पनि गाह्रो हुनेकुरा पिताजीले अरु छिमेकीहरुस्रँग , “यस पटक २ महिना सुक्नु पर्ने भो ।” भनेको कतिपल्ट सुनेको छु । ग्रामीण भोजनमा दुध , दही , मही तथा दुग्धजन्य पदार्थको कत्रो महत्व थियो । “भान्सामा सेतो थोपो छैन भने भागै बस्न मन लाग्दैन ” पनि भन्नुहन्थ्यो । हाम्रो दैनिक भोजनमा दुध दहीको मात्रा राम्रै हुन्थ्यो । अहिले हामी गाई छाडेर कुकुर पाल्छौं ,कुकुरलाई रिस गरेको हैन । हाम्रो आडम्बरी स्वभावलाई भनेको अनि कसरी हुन्छ हाम्रो देश कृषिप्रधान ?

भन्नेकरा त कति छन् कति भन्दै गरम्ला अहिलेलाई भने मात्र यो भन्न खोजेको । आजको मितिमा दुध दुधबाट बन्ने खाद्य पदार्थ ग्रामीण भोजनको अपरिहार्य तत्व मात्र हैन , ग्रामीण अर्थत्न्त्रको मूल स्रोत नै हो । त्यही दुधको स्रोत लाखौं पशुहरु लम्कीस्किनले सङ्क्रमित भैसक्दा र हजारौं पशुहरु मरिसक्दा पनि हामी भने कोशीक प्रदेशको सरकारमा सभामुखलले मत हाल्न पाउने की नाई ? , गगन थापाले भनेको देउवाले नमानेमा गगनले पार्टी फुटाउँछ कि नाई , आर्जु देउवाले छोरोको कसम खाइन् , केपीबाले रविलाई के कानेखुशी गरेका होलान ??

जस्ता बकम्फुसे बहसमा चिया पसलमा तात्ने अनि सरकार चाहिँ बडो धुम धडाकासाथ तीन दिन देखि निरन्तर संसद कसरी खोल्न सकिन्छ भनेर छलफलमा व्यस्त हुने , अनि प्रतिपक्ष चाहिँ प्रधानमन्त्रीले गर्ने भाषण हामीलाई देखाएर मात्र गर्नृपर्छ नत्र हामी संसद अवरुद्ध गर्छो भन्दै बन्द गरिरहने ।

नयाँ भनिएका ठिटौले नेता नेतृले रातभरि गुगल हेर्ने सन्दर्भित असन्दर्भित आख्यान जोड्ने , दम्भ , घमण्ड र अहंकारले भरिएका विनयशीलता बिनाको एकलकाटे गाली बकिरहने हेर बाबु भने जसरी , फेरि भन्न चाहिँ यही भन्ने कि , हाम्रो देश कृषि प्रधन देश हो भनेर । तैट कलियुगका औतारीहरु यति धेरै भेष पनि नफेर क्या , गाउँमा गोठ रित्तियो तिमीले पनि पैसा पकाएर खाएर हुदैन होला , ऊ द्वापर युगमा रोजगारीको र गोधनको चरम अभावले गुरु द्रोणकी पत्नी कृपिले दुध भनेर अत्यन्त अधीर छोरो अश्वथामालाई फकाउनको लागि चामलको चौलानी ओठमा लगाईदिएर दुध यही हो बाबु भनेको जस्तो नहोस् ।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार