देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हालसम्म २ हजार ३ सय ६६ नमूना परीक्षण

0

(काठमाडौं) – कोरोना संक्रमितको परीक्षणको दायरा बढाउँदै लगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २ हजार ३ सय ६६ नमूना परीक्षण भइसकेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले परीक्षण दायर बढाउँदै लगिएको भन्दै उपत्यका बाहिरबाट नमूना संकलन भएर आइरहेको जानकारी दिए ।

बुधबारसम्मको तथ्यांक अनुसार १ सय ३४ जना आइसोलेसनमा र ८ हजार ५ सय ८० जना क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए ।मन्त्रालयले कोभिड १९ संक्रमितहरुका ‘कन्ट्याक्ट ट्रेसिङ’  को काम सकिएको जानकारी गराएको छ ।

प्रवक्ता देवकोटाले विश्‍व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अहिलेसम्मका ८ वटा केसका ‘कन्ट्याक्ट ट्रेसिङ’ सकिएको जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार संक्रमितहरु काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २, बागलुङमा २ र धनगढीमा ४ जना छन् । नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ जना निको भइसकेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार