देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दोस्रो बिहे गर्दै हास्य कलाकार मनोज गजुरेल

0

काठमाडौं – हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्ध बिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । उनले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको स्वीकार गरे ।

कोसँग विवाह गर्दैछन् भन्ने कुरा केही समयपछि मात्रै सार्वजनिक गर्ने उनको भनाइ छ । ‘केही व्यवहारिक पाटोको टुङ्गो लगाएपछि बाँकी कुरा सार्वजनिक गर्छु’, उनले भने ।

करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका छन् । गजुरेल चाँडै विवाह गर्ने तयारीमा छन् । यद्यपि विवाहको तिथि भने निश्चित भएको छैन ।

दुई वर्षअघि गजुरेलले पत्नी मिनासँग सम्बन्ध बिच्छेद गरेका थिए ।  आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका थिए ।उनीहरूका एक छोरा र छोरी छन् । अहिले छोरा र छोरी दुवै बुवासँगै बस्छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार